April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

मेगा बैंकद्वारा उदयपुर जिल्लाको बेलका नगरपालिकाका बालबालीकाहरुलाई न्यानो कपडा वितरण

मेगा बैंकद्वारा उदयपुर जिल्लाको बेलका नगरपालिकाका बालबालीकाहरुलाई न्यानो कपडा वितरण

माघ १ , बाठमाडौं ।
मेगा बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत उदयपुर जिल्लाको बेलका नगरपालिकाका बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गर्नुभयो ।
चिसोका कारण विद्यार्थीहरुको पढाइमा केहि समस्या नआओस् , विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ ।