April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

राष्ट्रबैंक , मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंकबीच आरटीजीएस सम्झौता

राष्ट्रबैंक , मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंकबीच आरटीजीएस सम्झौता

माघ १ , काठमाडौं ।
नेपाल राष्ट्र बैंक , देवः विकास बैंक तथा मुक्तिनाथ विकास बैंक लिमिटेड विच आरटिजीएस प्रणाली सम्बन्धि समझौता भएको छ् ।
सम्झौतापत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ विकास बैकलले ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकलाई विभिन्न प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारीत रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ् ।