April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

बैंकमा आजबाट गो–एएमल लागूः रकम जम्मा गर्दा ३ पुस्ते अनिवार्य

बैंकमा आजबाट गो–एएमल लागूः रकम जम्मा गर्दा ३ पुस्ते अनिवार्य

माघ १, काठमाडौं ।
वाणिज्य बैंकहरूले आजदेखि गो–एएमएल प्रणालीमार्फत कारोबार सुरु भएको छ । गत महिना नियामक राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरूले आजबाट गो–एएमल प्रणाली लागू गरेका हुन् । गो–एएमएल अन्र्तराष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण निवारणका लागि भित्र्याइएको सफ्टवेयर हो । राष्ट्र बैंकले पुसमा बैंक तथा वित्तीय संस्थालाई गो–एएमएल सफ्टवेयर राख्न निर्देशन दिएको थियो । सोही अनुसार वाणिज्य बैंकहरुले आजदेखि प्रणालीबाट कारोबार सुरु गरेका हुन् ।
गो–एएमएल सफ्टवेयर आजका मितिदेखि वाणिज्य बैंक र आगामी १ असार २०७७ देखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ । वाणिज्य बैंकहरूले वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार तथा गतिविधिको रिपोर्ट अनिवार्य रूपमा गो–एएमएलमार्फत राष्ट्र बैंकलाई जानकारी गराउनेछन् ।
नयाँ प्रणाली लागू भएसँगै बैंक तथा वित्त कम्पनीमा कुनै व्यक्तिको खातामा रकम जम्मा गर्दा त्यस्ता व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण खुलाउनुपर्नेछ । यसरी पैसा जम्मा गर्दा अनवार्य रुपमा नागरिकता, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा पासपोर्टको फोटो कपी बैकलाई अनिवार्य बुझाउनु पर्छ । गो एमएल मा गएसँगै अब १० लाखभन्दा बढी रकम दिनभरिमा फरक÷फरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूले दैनिक १० लाखभन्दा माथिको कारोबारको मात्रै विवरण पठाउने गरेका थिए ।
बैंकहरूले पनि गो–एएमएल सफ्टवेयरमा बैंकले आफ्ना नयाँ वा पुराना सम्पूर्ण ग्राहकको विवरण राख्नेछन् । नेपाल राष्ट्र बैंकका अनुसार अब बैंकहरूले ग्राहकसँग केही कागजपत्र अपूरो नै राखेर खाता खोलेको भए ती अपूरा कागजपत्र बैंकले पुनः माग गर्नेछन् । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा हुन सक्ने वित्तीय लगानी रोक्न यो प्रणाली लागू गरिएको नेपाल राष्ट्रले यस्तो प्रणाली शुरु गरेको हो ।