May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

फर्स्ट माईक्रो फाईनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ नाफा प्रगति

फर्स्ट माईक्रो फाईनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ नाफा प्रगति

माघ २ , काठमाण्डौ ।
फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक बर्षको त्रैमासमा १८.८५ प्रतिशत अर्थात खुद नाफा ६ करोड ६९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले सञ्चालन मु–नाफा १० करोड ६० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा ८ करोड ८४ लाख रुपैयाँ थियो ।
संस्थाले खुद ब्याज आम्दानी १० करोड ५८ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड १२ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले ५ अर्ब ५४ करोड सापटी लिई ५ अर्ब ८४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा संस्थाले ४ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १३.९० प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष १५ करोड ३० लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा संस्थाको चुक्तापुँजी ८० करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष सोही अवधिमा संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ थियो । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ रहेको छ भने पीई रेसियो (मूल्य आम्दानी अनुपात) २४.८२ रहेको छ ।