May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एनएमबी बैंकले पठायो नगद लाभांश सेयरधनीको खातामा

एनएमबी बैंकले पठायो नगद लाभांश सेयरधनीको खातामा

माघ २ , काठमाडौं ।
एनएमबि बैंकले चुक्तापुँजीको १४ प्रतिशत हुन आउने नगद लाभांश आज बिहीबारदेखि सेयरधनीहरुको खातामा पठाउने भएको छ । गत आर्थिक वर्षको मु–नाफाबाट वितरण गर्ने भनी पारित गरेको लाभांस बितरण गर्ने लागेको हो । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २१ प्रतिशत बोनस सेयर पनि साधारणसभाबाट पारित गरिसकेको छ ।
नगद लाभांसको लागि बैंकले सेयरधनीहरुलाई आफ्ना डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । नगद लाभांश प्राप्त गर्न बैंक खाता नेपाल क्लियरिङ हाउसबाट आईपीएसको सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थामा नै हुनुपर्नेछ र सम्बन्धित सेयरधनीकै नाममा (नाबालक भएमा निजकै नाममा) रहेको चल्ती वा बचत खाता हुनुपर्नेछ ।