May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

विप्लव समुह द्धारा प्रधानन्यायाधीश निवास नजिकै बम , नेपाली सेना द्धारा निष्कृय

विप्लव समुह द्धारा प्रधानन्यायाधीश निवास नजिकै बम , नेपाली सेना द्धारा निष्कृय

माघ २ , काठमाडौं ।
हिजो राती ११ बजे नेपाली सेनाले बालुवाटार स्थित प्रधानन्यायाधीश निवास नजिकै राखेको प्रेसर कुकुर बम निष्कृय गरेको छ् । उक्त बम नेत्रविक्रम चन्द (विप्लव) समुहले राखेको थियो ।
बालुवाटार स्थित प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा उक्त प्रेसर कुकुर बम फेला पारेको थियो । विप्लव समूहले बम संगै उक्त जग्गा कब्जा गरेको भन्दै पर्चासमेत राखेको थियो ।
ललिता निवास जग्गा व्यक्तिले खरिदबिक्री गरेको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन नर्सरी चोक स्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्कीङमा राखीएको गाडीमा क्षति समेत पुगेको थियो । शोभाकानत ढकाल बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए ।