May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कृषि विकास बैंकले पायो २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

कृषि विकास बैंकले पायो २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

माघ २, काठमाडौँ ।
कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागी खल्ुला गर्नेछ् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । त्यस्तै, राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षभित्र वाणीज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा जुटेका हुन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासीत इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
यस ऋणपत्रमा वार्षिक १०.३५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापीटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखीम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।