April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

७७ ओटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

७७ ओटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

माघ २ , काठमाडौँ ।
नेपाल सरकारले सामाजीक विकासको कार्यलाई गतिशिल बनाउन् सबै जिल्लामा सामाजीक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।
सामाजीक सेवाको कामलाई प्रभावकारी बनाउन, निरन्तर , मार्गदर्शन जनताको गुनासोलाइ एकिकृत गरि समस्या समाधान गर्ने उद्देश्यका साथ महिला, बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजीक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।

यस विषयमा महिला, बालबालीका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बुधबार प्रदेशका सामाजीक विकास मन्त्रीहरु संग ललितपुरमा छलफल गरेका थिए । छलफलमा सामाजीक विकास कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
मन्त्री गुरुङको आह्वानमा बैठकमा सहभागी प्रदेशका मन्त्रीहरुले पनि आफूहरु हातेमालो गर्न तयार रहेको बताएका थिए ।

छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का सामाजीक विकास मन्त्री नवलकिशोर साह, गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सहभागी थिए ।