April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुरुङमार्ग निर्माणका लागि विस्फोटक पदार्थ भारतबाट ल्याईने

सुरुङमार्ग निर्माणका लागि विस्फोटक पदार्थ भारतबाट ल्याईने

माघ २, काठमाडौं ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यका लागि विस्फोटक पदार्थ चाहिएको छ । त्यस्को लागि नेपाली सेनाले उत्पादन गर्दे गरेको विस्फोटक पदार्थ नल्याई भारतबाट ल्याउने तयारी आयोजनाले गरेको छ । नेपाली सेनाले यही वर्ष विस्फोटक पदार्थ उत्पादन गर्न थाले पनि नयाँ उत्पादनमा विस्वास नभएर भारतबाट ल्याउने तयारी गरेको हो ।
सुरुङमार्गको निर्माणको जिम्मा जापानी निर्माण कम्पनी हाज्मा एन्डोले पाएको छ । आउँदो जेठदेखि सुरुङ निर्माणको काम हुने भएकाले पहिलो चरणमा खरिद इजाजत लिने प्रक्रिया अघि बढेको छ । इजाजत पाएको पाँच महिनाभित्र विस्फोटक पदार्थ आउनेछ । सेनाले वार्षिक २ हजार ४ सय टन विस्फोटक पदार्थ उत्पादन गर्ने गरी गत भदौबाट काम गरिरहेको छ ।
नेपाली सेनाले उत्पादन गरेका उक्त विस्फोटन पदार्थ नयाँ भएकोले उचित नहुने भन्दै आयोजकले भारतबाट ल्याउन लागेको हो । सेनाले भने आफूहरूले उत्पादन गरेको विस्फोटक पदार्थ गुणस्तरीय भएको दाबी गर्दै आएको छ । सुरुङमार्गमा ९१५ टन विस्फोटक पदार्थ प्रयोग हुनेछ । भारतको वेस्ट बंगालस्थित ओरिका कम्पनीबाट विस्फोटक पदार्थ ल्याइने आयोजना को भनाई रहेको छ । सेनाले भारतबाटै विस्फोटक पदार्थ ल्याउन स्वीकृति दिए परराष्ट्र हुँदै भारतीय राजदूतावास मार्फत प्रक्रिया सुरु हुनेछ । सेनाले अहिले मकवानपुरको सुनाचुरीमा छुट्टै प्लान्ट स्थापना गरेर विस्फोटक पदार्थ उत्पादन गरिरहेको छ । अहिले दैनिक ५ देखि १० टन उत्पादन भइरहेको छ । सेनाका अनुसार सोमबारसम्म १६० टन विस्फोटक पदार्थ वितरण भइसकेको छ । एक बर्षमा हाल १ लाख १३ हजार ३ सय ५० केजी माग रहेको छ ।