April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

लुम्बिनी विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा

लुम्बिनी विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा

माघ २ , काठमाडौँ ।
लुम्बिनी विकास बैंकले सेयरधनीहरुको बैंक खातामा १५ प्रतिशत नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकले बुधबार (माघ १ गते) बाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र नगद लाभांश जम्मा गरिने बैंकको भनाई छ । बैंकले नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा बित्तीय संस्थाको नियम अनुसार शुल्क लागेमा त्यस्तो रकम सेयरधनीले नै तिर्नुपर्ने बताएको छ ।
लुम्बिनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६को मु–नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।