April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

प्रचण्ड–ओली बिच छलफल सभामुखमा गजुरेलको नाम अगाडि

प्रचण्ड–ओली बिच छलफल सभामुखमा गजुरेलको नाम अगाडि

माघ ३, काठमाडौँ ।
नेकपाका दुबै अध्यक्षले आ–आफ्नै अडानका कारण हप्तौदेखी संसद अवरुद्ध हुदा पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा नयांँ पात्रको नाम प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयनबारे छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले नेता हरिवोल गजुरेललाई सभामुख बनाउने प्रस्ताव राखेका हुन ् ।
उनले गजुरेललाई बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले सोचेर भोली छलफल गर्ने बताएका थिए । पुर्व माओवादी नेताहरुले सभामुख कुनै पनि हालतमा छोड्न नहुने अडान लिएपछि प्रचण्डले सभामुख आफ्नो समुहले पाउनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री ओली भने नेताहरु सुवास नेम्वाङ्ग वा हाल उपसभामुख रहेकी शिवमाया तुम्वाहाम्फेमध्ये एक जनालाई बनाउने पक्षमा छन् ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रवार पनि बैठक हुनेछ । दुवै नेताको बीचमा नाममा सहमती हुन सकेको छैन् । तर, माघ ६ गतेबाट संसद बैठक सुरु गर्ने गरी छलफल अघि बढेको महासचिव पौडेलले जानकारी दिएका छन् । आजको वैठकमा सभामुखको टुंगो लाग्ने सम्भावना छ । तर, सभामुखको लागी पुर्व माओवादीबाट गजुरेल र हाल उपसभामुख रहेकी तुम्बाहाम्फेको सम्भावना बलियो छ ।