April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कर्जा विस्तारमा गरिएको कडाईका कारण बैंकमा पैसा थुप्रियो

माघ ३ , काठमाडौं ।
नेपाल राष्ट्र बैकले कर्जा प्रबाहमा कडाई गरेपछि अहिले बैंकिङ प्रणलिमा ६० अर्ब रुपैँया लगानि योग्य रकम रहेको छ ।
बैंकहरुले उक्त रकम लगानि गर्न नसकेर सोचेजस्तो लाभ बैंकले प्रदान गर्छ वा गर्दैन भन्ने कुरामा अनयोल बनेका छन् । अहिले राष्ट्र बैंकले व्यक्तिगत अवास तथा गाडी कर्जा प्रवाहमा अनिवार्य रुपमा कर चुक्ताको प्रमाणपत्र ुबुझाउनु पर्ने व्यवस्था गरेको छ । निजी गाडी खरिदमा पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने व्यवस्थामा थप कडाई गर्दै गाडी खरिदका लागि पनि कर चुक्ताको प्रमाणपत्र पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले लागु गरेको यस्तो नीतिले बैंकबाट ऋण लिएर व्यवसाय गर्न र सेवा सुविधा प्रयोग गर्न समस्या आएकाले पनि बैंकबाट ऋण लिने मानिसको संख्या घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंकहरुले पछिल्लो २५ दिनमा ४४ अर्ब रुपैयाँले निक्षेप वृद्धि गरेका छन् । तर कर्जा भने जम्मा २९ अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ ।
मंसिर ३० देखि पुस २५ गतेको अवधीमा बाणिज्य बैंकहरुको निक्षेप २९ खर्ब ९२ अर्बबाट बढेर ३० खर्ब ३६ अर्ब पुगेको छ । जुुन २५ दिनको अवधीमा ४४ अर्बले वृद्धि भएको हो । सोही अवधीमा कर्जा भने जम्मा २९ अर्बले मात्रै वृद्धि भएको छ ।
३० मंसिरमा बाणिज्य बैंकहरुले २६ खर्ब ६६ अर्ब कर्जा लगानी गरेका थिए । तर त्यो आंकडा २५ पुसमा आईपुग्दा जम्मा २९ अर्बले बढेर २६ खर्ब ९५ अर्ब मात्रै पुगेको छ । लगानीयोग्य रकम थुप्रिदा ऋणको व्याजदर घटने सम्भावना भएपनि बैंकको नाफा भने खुम्चिने छ । अहिले बैंकहरुले बचतमा साढे ६ प्रतिशत, ब्यात्तिगत मुद्दतीमा ९.७५ र संस्थागत मुद्दतीमा ९.६ प्रतिशत ब्याज दिएका छन् । केही बैंकले त्यो भन्दा केही व्याजदर घटाएका पनि छन् ।