May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

राष्ट्रिय वाणीज्य बैंकको बार्षिक साधारणसभा माघ २४ गते पहिलो पटक लाभांस बितरण गर्दै

राष्ट्रिय वाणीज्य बैंकको बार्षिक साधारणसभा माघ २४ गते पहिलो पटक           लाभांस बितरण गर्दै


माघ ३ , काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैकंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । बैकको हिजो बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मिति र स्थान तय गरेको हो ।
बैंकले पहिलो पटक लाभांस वितरण गर्न लागेको हो । कुनै बेला खराब स्थितिमा रहेको यो बैंकलाई सुधार गर्ने सरकारले विश्व बैंकको सहयोग लिएको थियो । त्यसपछि बैंकको वित्तीय अवस्थामा सुध्रिएको हो । साधारणसभामा गत आर्थिक वर्ष २०७५।७६ का लागि प्रस्ताब गरेको चुक्तापुँजीको १२ प्रतिशतका दरले रु १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४८४ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताब गरिनेछ् ।
बैंकमा धेरैजसो सेयर सरकारको रहेकोले लाभांश सरकारी ढुकुटीमा १ अर्ब ८ करोड रुपैयाँ हुनेछ् । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी विकास बैंक गाभिँदा ०.०३ प्रतिशत सेयर होल्डर रहेका सर्वसाधारणले भने करिब ३० लाख रुपैयाँ लाभांश पाउनेछन् । प्रस्तावका रुपमा राखिने बैंकको प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी प्रस्ताव पनि पारित हुनेछ । त्यस्तै आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षणका लागि बाह्य लेखापरीक्षक नियुक्त गरिनेछ् ।