May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

दुई सन्तान सहित एक दम्पतीले त्रिशुलीमा हामफाले

दुई सन्तान सहित एक दम्पतीले त्रिशुलीमा हामफाले

६ महिना र २ वर्षका दुई सन्तान सहित एक दम्पतीले त्रिशुलीमा हामफाले
माघ ३ ,कठमाडौँ ।
धादिङको बेनिघाटस्थित झोलुगेंपुलबाट आफ्ना दुई सन्तान सहित एक दम्पती जोडीले त्रिशुली नदिमा हामफालेका छन् । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट ६ महिना र २ वर्षका दुई छोरासहित उक्त दम्पतीले त्रिशुली नदीमा हाम फालेका हुन् ।काठमाडौंको चन्द्रागिरी नगरपालिका थानकोटका ३४ वर्षीय विनय लामीछाने, श्रीमती जमुना लामीछाने र २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ् ।
धादिङ प्रहरीका डिएसपि खगेन्द्र बहादुर खड्का अनुसार विनयको सकुशल उद्धार भएको छ । श्रीमती मृत फेला परेकी छिन् भने २ वर्षका मिलन लामिछाने ६ महिनाका छोरा बेपत्ता छन् । उद्धार गरिएका विनयको उपचार भइरहेको छ । बेपत्ताको खोजी कार्य भईरहेको छ् । विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो ।