May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

विराटनगरमा अन्र्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगरमा अन्र्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

माघ ३, काठमाडौ ।
उद्योग संगठन मोरङले आगामी फागुन २ देखि नौ दिनसम्म विराटनगरमा कृषि तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । फागुन पहिलो साताबाट सुरु हुने उक्त औद्योगिक प्रदर्शनी विराटनगरको शंकरपुरमा सञ्चालन गरिने छ ।
एक्स्पो–२०७६ नाम दिइएको उक्त प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
एक्स्पोमा ३ सय १५ स्टल रहने छन । सूचना प्रविधिमा भएका नयाँ खोज र ज्ञानका लागि छुट्टै स्टल राखिने छ । विदेशी कम्पनीका ६०, कृषिका ३०, इलेक्ट्रिकल सामानका २० र अटोमोबाइल क्षेत्रका ३५ स्टल रहने उक्त कृषि तथा औद्योगिक प्रर्दशनीमा तीन लाख अवलोकन कर्ताको अपेक्षा गरीएको आयोजले जनाएको छ । त्यस्तै प्रदर्शनीमा शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने र बालबालिकाका लागि छुट्टै उद्यान बनाइनेछ । साथै एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइन भएको छ ।