May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

हिमालमा हराएकाको खोजी जारीः दुई सयको भने उद्धार

हिमालमा हराएकाको खोजी जारीः दुई सयको भने उद्धार

माघ ५, पोखरा ।
हिमपात र हिमपहिरोका कारण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा हराई रहेका नेपाली र कोरियाली पर्यटकको खोजी जारी रहेको छ । हिमपात र हिमपहिरोका कारण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको आधार शिविरको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेका छन् । सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहेका छन् । कोरियाली पर्यटकहरुको नाम आइसकेको छैन् । उनीहरुको खोजी तीब्र पारिएको हो । हिमपात र हिमपहिरोका कारण हिमालको आधार शिविरमा अलपत्र परेका नेपाली र विदेशी गरी दुईसयको उद्धार शनिवार गरिएको छ । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा रहेका होटल व्यवसायी, नेपाली पर्यटक, विदेशीसमेत गरी झन्डै दुई सयजनालाई उद्धार गरिएको हो । बिहीबारदेखि पहाडी भागमा वर्षा हुँदा हिमालमा हिउँ पर्दा नेपाली र विदेशी पर्यटक आधार शिविरमै थुनिएका हुन् । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा रहेका आधार शिविर पुग्ने बाटो देउराली भन्ने ठाउँमा पहिरो गएको हुँदा स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन् । पहिरोका कारण नेपाली र कोरियाली गरी ७ जना हराइरहेका छन् र उनीहरु अझै सम्पर्कमा आउन सकेका छैनन् ।
उद्धार हुनेको संख्या विदेशीको बढी छ । नेपाली पर्यटक, गाइड र भरिया गरी त्यस्तै ४० जना रहेको र विदेशी भने १ सय बढी रहेका छन् । उद्धार गरिएकामा चाइनीज, कोरियन, अष्ट्रलियन, साल्भाडोर, सिंगापुर लगायतका नागरिक रहेको पर्यटन विभागले जनाएको छ ।