बन्धक बन्यो संसदः झण्डै ४० विद्ययक पनि अलपत्र

बन्धक बन्यो संसदः झण्डै ४० विद्ययक पनि अलपत्र

माघ ५, काठमाडौं ।
राजनीतिक दलको आपसी खिचातानीले देशको सर्बभौम संसद कसरी बन्धक बन्छ ? भन्ने उदाहरण बनेको छ, यतिखेर नेपालको संसाद भबन । राष्ट्रिय महत्वका सबै विषयमाथि बहस गर्ने र नीति बनाउने थलो संसद राजननीतिक खिचातानीले चार महिना सम्म पनि नेतृत्वविहीन भएर बस्नु परेको छ ।
अझ पछिल्लो समय त सत्तारुढ दलले आन्तरिक गुटगत हानथापका कारण सभामुखको उम्मेदवार टु्ंग्याउन नसक्दा संसदलाइ नै निष्क्रिय अवस्थामा पुर्याइएको छ ।
सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेर बैंठक बसेपनि निष्कर्ष निस्कन सकेको छैन् । दुबै अध्यक्षले आफ्नो पक्षको सभामुख बनाउँनु पर्ने अडान राख्दा संसद राजनैतिक दलको नै बन्धक भएको हो । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।
सत्तापक्ष सदनमा आलोचनाको भयबाट जोगिन खोजिरहेको त होइन भनेर समेत प्रश्न उठाउन थालिएको छ । संसद नै नचलेका कारण ४० भन्दा बढी विधयक अलपत्र परेका छन् । अभिव्यक्ति स्वतन्त्रता लगायत मौलिक हकमा दख्खल दिने गरी आएका कानुनमा सांसदले राय दिन पाएका छैनन् ।
संसद्को हिँउदे अधिवेशन पुस ४ गते शुरु भएको थियो । तर त्यसयता सभामुख चयनकै गोलचक्करमा फसेको संसद तीन पटक सूचना टाँसेर स्थगित भैसकेको छ । अर्को बैठक माघ ६ गतेलाई तय गरिए पनि नेकपाको किचलोले बैठक नियमित काममा प्रवेश गर्ने सम्भावना समेत कमजोर देखिन्छ ।