April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कुन–कुन कम्पनीले कति सेयर निष्कासन गर्दै छन् ?

कुन–कुन कम्पनीले कति सेयर निष्कासन गर्दै छन् ?

माघ ५ , काठमाडौँ ।
सेयर बजार पछिल्लो समय लगातार उकालो लाग्दै आएको छ । बजार उकालो लागेको समय विभिन्न बिमा कम्पनीहरुले आइपिओ निष्कासनको तयारी गरेकाछन् । जीवन, निर्जीवन र पुनर्बिमा गरी १४ ओटा बिमा कम्पनीले बोर्डमा आइपिओ निष्काशनको लागि आवेदन दिएका छन् । यि कम्पनीहरूले ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि आवेदन दिएका हुन् ।
नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले सबै भन्दा बढि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
१० वटा जीवन बिमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
निर्जीवनतर्फ तीन वटा कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता निष्कासन गर्न लागेको हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड, रिलायन्स लाइफ इन्स्योरेन्स ६३ करोड, रिलायबल इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड, सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड, प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ छ ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी १ अर्ब रुपैयाँ छ । जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ छ । कम्पनीहरूले वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।