June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रभु इन्सुरेन्सको बार्षिक साधारणसभा माघ २४ गते , बोनस सेयर र नगद लाभांस कति ?

प्रभु इन्सुरेन्सको बार्षिक साधारणसभा माघ २४ गते , बोनस सेयर र नगद लाभांस कति ?

माघ ५ , काठमाडौँ ।
प्रभु इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाका काठमाण्डौँको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा यही माघ २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले प्रस्तावित लाभांश पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यही माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ ९ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।