May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पर्यटन वर्षमा किन सुनसान सौराहा

पर्यटन वर्षमा किन सुनसान सौराहा

माघ ५ , चितवन ।
पर्यटक स्थल मध्ये पर्यटकहरुको गन्तव्यको स्थान मानिन्छ् चितवनको सौराहा । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैँ एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् ।
राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ । निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् । पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकिएको हो ।
झण्डै १० वर्षयता वर्षात्मा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएकोमा पछिल्ला वर्षमा वर्षात्को समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायी बताउँछन् । क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरुमा पर्यटकको आगमन बढ्न शुरु हुन्थ्यो । अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेका छन् ।
विगतका वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक आउने गर्दथे । अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक आठ वटा वस काठमाडौँ र चार वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन् ।