May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कृषि विकास बैंकको नाफा बढ्यो

कृषि विकास बैंकको नाफा बढ्यो

माघ ५ , काठमाडौँ ।
कृषि विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कर तिर्नु भन्दा अगाडी २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । करपछिको नाफा भने केही घट्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकको कर तिर्नु भन्दा अघिको नाफा १ अर्ब ७४ करोड रुपैयाँ मात्र रहेको थियो । यस वर्ष कर अघिको नाफा १६.९९५ ले बढेको सीइओ उपाध्यायले बताए ।
पुस मसान्तसम्म आइपुग्दा बैंकले १ खर्ब २७ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा लगानी गत वर्षको भन्दा क्रमशः १५.४४५ र १०.२३५ ले बढी हो ।
बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ८२ पैसाले बढेर २८ रुपैयाँ ३७ पैसामा रहेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको खराब कर्जा ४८ करोड रुपैयाँले घटेर ४ अर्ब २३ करोड रुपैयाँमा झरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले जानकारी दिए ।