April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेप्सेमा २ अर्ब बढीको कारोबार हुँदा ३३ अङ्कको वृद्धि

नेप्सेमा २ अर्ब बढीको कारोबार हुँदा ३३ अङ्कको वृद्धि

माघ ५, काठमाडौं ।
लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले शेयर बजारलाई सकारात्मक लयमा लैजादै उच्च दरमा कारोवार भएको छ । धितोपत्र बजारमा आज २ अर्ब बढीको कारोबार भएको छ । कारोबार हुने साताको पहिलो दिन २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९ सय १७ रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयरमा उत्त वरावरको कारोवार भएको हो । जुन कारोबार भएको अन्तिम दिन अर्थात गत विहीबारभन्दा ३९ करोड बढीले धेरै हो । विहीबार १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ६१ लाख ३१ हजार ४ सय १८ कित्ता शेयर कारोबार भएको छ । बजार परिसूचक नेप्से पनि ३३ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ६५ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.५२ विन्दुले बढेर २८८.३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ७.९८ ले घट्दा बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत् ४५.४६, निर्जीवन बीमा ३३७.०२, उत्पादन ५९.९४, अन्य १२.३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३.२५ र सामूहिक लगानी कोष ०.५४ ले वृद्धि भएको छ ।
नेप्सेका अनुसार आज कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ३०० को दरमा कारोवार हुँदा दिनभर रु १२ करोड १५ लाख ५९ हजार ८९५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु १० करोड आठ लाख ५० हजार ७०६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु आठ करोड ७९ लाख ६९ हजार ९३७, प्रभु बैंक रु आठ करोड १८ लाख ५२ हजार ५२९, एनसिसी बैंक रु ६ करोड ६७ लाख ७६ हजार ३६८, एनआइसी एशिया रु ६ करोड ३० लाख २३ हजार ३४३, नेपाल बैंक रु चार करोड ९३ लाख ६० हजार ९१७ र शिखर इन्सुरेन्स कम्पनी रु चार करोड ७२ लाख ६९ हजार ७३५ को कारोवार भई शीर्षस्थानमा रहे ।