May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

त्रिभुवन विमान स्थालमा दुईटा विमान ठोकिए

त्रिभुवन विमान स्थालमा दुईटा विमान ठोकिए

माघ ६, काठमाडौं
त्रिभुवन विमानस्थलमा नेपाली दुई विमान ठोकिएका छन् । उडानको तयारी गरेको विमानले रोकिराखेको विमानसँग ठोकिन पुगेको हो । यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो । विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताएका छन् । विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु भैरहेका छन् ।