April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

१४ बुँदे निणर्य गर्दे सकियो एनआरएनको पोखरा बैंठक

१४ बुँदे निणर्य गर्दे सकियो एनआरएनको पोखरा बैंठक

माघ ६, पोखरा ।
गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको दुईदिने ‘फेस टु फेस बैठक’ १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघको सचिवालयले जानकारी दिएको छ । बैठकले भ्रमण वर्ष सफल पार्न सक्रियतापूर्वक लाग्ने, आगामी कार्ययोजना सार्वजनिक गर्ने, अन्तर्रा्ष्ट्रिय महाधिवेशन नभएको वर्ष विश्वसम्मेलन गर्ने, एनआरएनए फाउण्डेशन स्थापनाको प्रक्रिया अघि बढाउने, संघको सदस्यता वितरण तथा निर्वाचनलाई डिजिटिलाइजेशन गर्ने, संघको आर्थिक पारदर्शीता कायम गर्ने निर्णय गरेको छ ।
यस्तै यस अघि नै संघ र काठमाडौ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भए अनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैया सहयोग संकलन गरेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका समस्या समाधानको पहिचान गर्ने, श्रम बैंक स्थापनामा सहकार्य गर्ने, नागरिकता ऐन चाडो टुंग्याउन पहल गर्ने, संघको कोष मजबुद बनाउने लगायतको निर्णय पोखरा बैठकले गरेको छ ।