April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउदैँ

एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउदैँ

माघ ६ , काठमाडौँ ।
एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यो ऋणपत्रका लागि बैंकले अहिलेसम्म रेटिङ भने गराएको छैन ।