महालक्ष्मी विकास बैंक र ई–सेवा बीच सम्झौता

महालक्ष्मी विकास बैंक र ई–सेवा बीच सम्झौता

०७ माघ, २०७६, काठमाण्डौ ।
ग्राहकहरूलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पे प्रालिबीच सम्झौता भएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ई–सेवा फोन–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आईतबार एक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरूले ई–सेवा फोन–पेका एजेन्टहरू मार्फत सजिलै बैंकको खाता खोल्न सक्ने ब्यवस्था रहेको छ ।
उक्त खातामा बैंकले ग्राहकलाई शुल्कविना नै मोबाइल बैंकिङ सेवा, एटीएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने प्रतिवद्धता जनाएको छ ।