April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाल र भारतका प्रधानमन्त्रीद्धारा भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा एकीकृत जाँच केन्द्रको शुभारम्भ

नेपाल र भारतका प्रधानमन्त्रीद्धारा भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा एकीकृत जाँच केन्द्रको शुभारम्भ

माघ ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेकाहुन् । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।
भारत सरकारद्वारा आयात तथा निर्यात पारवहनमा सहजता ल्याउन बिराटनगर महानगरपालिकामा निर्माण भएको (एकीकृत जाँच केन्द्र) आइसिपी भेडियारीमा निर्माण गरिएको हो । आइसिपी १ सय २९ विगाह क्षेत्रफलमा फैलिएको छ । त्यसैगरी भवन निर्माण भएको स्थलबाहिर पनि जाँच केन्द्रको ४० बिगाह क्षेत्रफल जमिन छ । जसबाट सडक निकालिएको छ । हाल दुइ लेनको सडक र पछि आवश्यक्ता अनुसार ६ लेनसम्मको हुने बताइएको छ । भारतको सीमाक्षेत्र र नेपालको सीमा क्षेत्र १० गजालाई सीमा बनाएर जाँच केन्द्र निर्माण गरिएको छ ।
यसबीच, आयात तथा निर्यातमा एकद्धार लागु गर्ने हकमा भारततर्फको आइसिपी र नेपाल आइसिपीबीचको दुरी बढीमा ३ सय मिटरको रहेको छ । नेपाली भित्रने पयर्टकीय सवारी, मालवहाक सवारी भारततर्फको जाँच केन्द्र हुदै नेपालीतर्फको जाँच केन्द्रमा प्रवेश गर्नेछ ।
सोही सवारीलाई धर्मकाटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी ब्यवस्थापन गरिन्छ । सोही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीबाट उद्योगीहरुले सवारीसाधन आफु अनुकुल बाहिर निकाल्न सक्नेछन् ।
केन्द्र भित्र विभिन्न कार्यालयका लागि फरक फरक भवन निर्माण गरिएको छ । मुख्य प्रशासनिक भवनसंगै मालसमान राख्न गोदाम घर, पशु तथा कृषि क्वारेन्टाइन जाँचकेन्द्र, बैकिङ भवन, सुरक्षा ब्लक, विद्युत गृह, चमेना गृह रहेकाछन् । निर्माण गरिएको पार्किङस्थलमा एकैपटक १ सय ३० वटा मालवहाक सवारी राख्न ठाउँ छ ।

सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले जाँच केन्द्रको निर्माण सुरु गरेको हो । १ सय १४ करोड भारतीय रुपैयामा भारत सरकारले सन् २०१७ मार्चमा दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रा.लिसंग निमार्ण सम्झौता गरेर निमार्णको जिम्मा दिएको थियो । सन् २०१८ भित्रै यसको निर्माण कार्य सम्पन्न गरिसक्नु सम्झौता भएपनि प्राकृतिक विपद् बाढीका कारण केहीसमय ढिलो भएको बताइएको छ । यद्धपी, सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनको तयारी अवस्थामा रहेपनि करिब तीनमहिना ढिलो गरि जाँच केन्द्र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।