April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

दामनमा हिटर बालेर सुतेका ८ भारतीय पर्यटकको मृत्यु

दामनमा हिटर बालेर सुतेका ८ भारतीय पर्यटकको मृत्यु

दामनको एक रिसोर्टमा नाइट स्टेका लागि बसेका भारतीय पर्यटक मंगलबार बिहानै बेहोस अवस्थामा भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदा आठ पर्यटकको मृत्यु भएको छ ।
मकवानपुरको दामनमा बेहोस भएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित एभरेष्ट पानोरामा रिसोर्ट बसेका १५ जना पर्यटकमध्ये ८ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार एक कोठामा ८ जना हिटर बालेर सुतेका थिए । मंगलबार बिहान कोठामा हेर्दा उनीहरू बेहोस भएको अवस्थामा भेटिएका थिए ।
बेहोसपछि हेलिकप्टरमार्फत् ह्याम्स अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याएको केही समयपछि ८ जनाको मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरूष रहेका छन् । मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि,  ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेको प्रहरीले जनाएको छ । उनीहरुको पूरा नाम भने खेलेको छैन ।