April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

०७ माघ , २०७६, काठमाण्डौ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५४ जनाले रक्तदान गर्नुभएको थियो । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।
बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार बिहान ८ बजे वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।