April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सिनर्जी पावरले गर्यो छ करोड बढी नाफा

सिनर्जी पावरले गर्यो  छ करोड बढी नाफा

०७ माघ, २०७६, काठमाण्डौ ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको भन्दा ७८.७० प्रतिशत बढिले खुद नाफा कमाएको छ । यो गत वर्ष भन्दा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ धेरै हो । गत वर्ष यस कम्पनीले ३ करोड ७३ लाख ८६ हजार ७५६ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
गत वर्ष यसले बिजुली बेचेर ११ करोड ३६ लाख २० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । अहिले १९.२० प्रतिशतले बढाएर १३ करोड ५४ लाख ४१ हजार रुपैयाँ पु¥याएको छ ।
कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ । यस त्रैमास सम्ममा प्रशासनिक खर्च १० लाख ४० हजार हजार रहेको छ । गत वर्ष यसैबेला प्रशासनिक खर्च २७ लाख ७९ हजार थियो । हाल सिनर्जीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।