इन्भेष्टमेन्ट बैंककोे सेयरधनीको खातामा नगद लाभांस

इन्भेष्टमेन्ट बैंककोे सेयरधनीको खातामा नगद लाभांस

०७ माघ, २०७६, काठमाण्डौ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीको खातामा नगद लाभांस जम्मा गरिदिएको छ । बैंकले पुस २४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ८.५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । त्यस मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जानकारी गराएको छ ।
इन्भेष्टमेन्ट बैंकको पुस २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।७६ को मु–नाफाबाट १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न इन्भेष्टेमन्टले भनेको छ ।