गणपति माइक्रोफाइनान्सको मुनाफा एक करोड छैछठ्ठी लाख भन्दा माथि

गणपति माइक्रोफाइनान्सको मुनाफा एक करोड छैछठ्ठी लाख भन्दा माथि

०७ माघ, २०७६, काठमाण्डौ ।
गणपति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको दोस्रो त्रैमास भन्दा ९.४१ प्रतिशत ले बढी हो ।
गत वर्ष कम्पनीले १ करोड ५१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि गत वर्षको दोस्रो त्रैमास भन्दा क्रमसः ६३.५३ प्रतिशत र ७१.१९प्रतिशत ले बढेको छ ।
गणपतिको रिर्जभ कोष भने १५३२.३४ प्तिशतले बढेर ३ करोड ३० लाख ६ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष रिजर्भ कोषमा २० लाख २२ हजार रुपैयाँ थियो । गणपतिको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।