May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कामना सेवा विकास बैंकद्वारा थप २ नयाँ शाखा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा थप २ नयाँ शाखा सञ्चालन

०८ माघ, २०७६, काठमाण्डौ ।

कामना सेवा विकास बैंकले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले एकैसाथ २ नयाँ शाखा सञ्चालन गरेको छ ।
बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पहिलो प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा र दोस्रो रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका मणिग्राममा यही माघ ५ गते एकैसाथ दुइ वटा शाखा कार्यालय स्थापना गरि नयाँ शाखा सञ्चालन गरेको हो ।
यसको केन्द्रीय कार्यलय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ ।
अहिले बैंकले देशका विभिन्न भागहरुमा गरी ६१६ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ ।