May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

घरेलु तथा साना उद्योग सुरक्षित गर्नुपर्नेमा जोड

घरेलु तथा साना उद्योग सुरक्षित गर्नुपर्नेमा जोड

०८ माघ, २०७६, काठमाण्डौ ।
पछिल्लो समय नेपालका लघु, घरेलु तथा साना उद्योगमा उत्पादन भएका वस्तुहरु स्थानीयदेखि अन्तरराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएको छ । यस्ता उद्योग तथा ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा मंगलवार काठमाडौंमा आयोजित गोष्ठिमा सरोकारवालाले जोड दिएका छन् ।
मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषद्वारा काठमाडौंमा आयोजित गोष्ठिमा लघु, घरेलु तथा साना उद्योगका करीब १०० जना व्यवसायीको सहभागिता थियो ।
उक्त गोष्ठीमा ‘लघु, घरेलु तथा साना उद्योगका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक कार्यशाला गोष्ठीका सहभागीले ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्ने बताएका हुन् ।
नेपालले विश्वव्यापार संगठनको सदस्यता लिएपछि विश्व सदस्य मुलुकमा डब्लूटीओको नियम कानूनअन्र्तगत आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।
नेपालमा उत्पादन हुने कतिपय वस्तु अन्य मुलुकमा समेत उत्पादन हुने गरेका छन् ।
नेपालमा कुल जीडीपीको ६ प्रतिशत उद्योगको योगदान रहेको र त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ ।