May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मृत्यु भएका ८ भारतीयको शव दुतावासको इच्छा अनुसार पठाइने

मृत्यु भएका ८ भारतीयको शव दुतावासको इच्छा अनुसार पठाइने

०८ माघ, २०७६, काठमाण्डौ ।
दामनमा मृत्यु भएका ८ जना भारतीय नागरिकलाई भारतीय राजदुतावासको इच्छा अनुसार भारत पठाइने भएको छ । उनिहरुको हिजो दामनको एभरेष्ट पानारोमा रिसोर्टमा हिटर ताप्दा निस्सासिएर निधन भएको थियो ।
मृतक आठै जना भारतिय नागरिकलाई आज महाराजगञ्ज स्थीत टिचिङ अस्पतालमा पोष्ट मार्टम पछि भारतिय राजदूतावासको इच्छा अनुसार भारत पठाइने भएको छ ।
सोमबार बेलुका रिसोर्टमा हिटर बालेर सुतेका उनीहरु विहान अक्सिजनको अभावले अचेत भएका थिए ।
मृतकहरुमा केरला राज्यका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन् ।