June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

धादिङ मिनी ट्रक दुर्घटना अपडेटः क्षतिपूर्ति माग्दै अस्पतालमा धर्ना

धादिङ मिनी ट्रक दुर्घटना अपडेटः क्षतिपूर्ति माग्दै अस्पतालमा धर्ना

०७ माघ, २०७६, काठमाडौं ।

हिजो धादिङको मैदी भञ्ज्याङमा भएको मिनी ट्रक दुर्घटनामा निधन भएका र घाइतेका आफन्तहरुले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै धादिङ अस्पातलमा धर्ना बसेका छन् ।
उनीहरुले क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान लिदै धर्ना बसेका हुन् ।
मंगलबार ढोलामण्डली माईको थानवाट बलि चढाएर मन्दिर नजिकैको दोभान वजारमा भोज खाएर फर्केका नीलकण्ठ नगरपालिका–२ भुलभुलेका ७ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा भुलभुलेका विदुर गुरुङ, ध्वजवहादुर गुरुङ, पुर्णमान श्रेष्ठ, सुनील भन्ने तिलक गुरुङ, प्र्रेमवहादुर गुरुङ, वेलवहादुर गुरुङ र सेते गुरुङ रहेका छन् । नीलकण्ठ नगरपालिका–२ भुलभुले गाउँका गुरुङ समुदायका जापानवाट फर्केका युवा र वुधबार नै कोरिया उडने एक युवाले गरेको भाकल बलि चढाउन आफन्तजनसहित ग १ ख ८०१२ नम्बरको मिनीट्रक रिजर्व गरेर ८ वटा पाठी सहित मंगलवार विहान ढोला मण्डली मन्दिर गएका थिए ।
मन्दिरमा चढाइएका पाठीसँग सामुहिक भोज र मदिरा सेवन गरेर फर्कदैं गर्दा मैदीभन्ज्याङ मोडमा पर्खालमा ठोक्किएर गाडी दुर्घटना भएको थियो ।
घाइते भइ काठमाडौं लगेका २२ जनामध्ये दिनेश गुरुङ ट्रमा सेन्टरको आइसियुमा र बाँकी २१ जनाले इमर्जेन्सीमा उपचारका गराइरहेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका घाइते चालक सुभाष गुरुङको महाराजगंज स्थित त्रीबी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आज विहान नगरपालिकाको आकस्मिक वैठकले घाईतेहरुको उपचारका लागि ५ लाख नगद, र घाइते ल्याउन प्रयोग गरिएको हेलिकप्टर र एम्वुलेन्स खर्च समेत व्यहोर्ने निर्णय गरेको छ ।