३५ प्रतिशत ब्याज पाइने कृषि बैंकको ऋणपत्र स्वीकृत

३५ प्रतिशत ब्याज पाइने कृषि बैंकको ऋणपत्र स्वीकृत

०८ माघ, २०७६, काठमाडौं ।
धितोपत्र बोर्डले कृषि विकास बैंकलाई ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ । बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि बैंकले केही बढी ब्याजदर दिने भएको छ ।
अहिले बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक २५ प्रतिशतसम्म ब्याज पाउदै आइरहेकामा कृषि विकास बैंकको ऋणपत्रमा भने ३५ प्रतिशत ब्याज पाइने ब्यवस्था छ ।
बैंकलाई २.५ अर्बको ३५५ एडीबिएल कृषि बैंक ऋणपत्र ८३ निश्कासनका लागि अनुमति दिइएको हो ।
कृषि विकास बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
.