May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

लिभरपूल फूटबल क्लब सँगको साझेदारीमा स्ट्यान्डर्ड चार्टर्डले मनायो वार्षिकोत्सव

लिभरपूल फूटबल क्लब सँगको साझेदारीमा स्ट्यान्डर्ड चार्टर्डले मनायो वार्षिकोत्सव

०८ माघ, २०७६, काठमाडौं ।
लिभरपूल फूटबल क्लब सँगको साझेदारीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १०औ वार्षिकोत्सव मनाएको छ ।
बैंक सन् २०१० देखि लिभरपुल फूटबल क्लबको मुख्य साझेदारका रूपमा रहेको छ ।
उक्त अवसरमा बैंकले ‘रेड फर अ डे’ कार्यक्रम संचालन गरीे विश्वभरका कर्मचारीलाई रातो पहिरन लगाउन आग्रह गरेको थियो । बैंकले २०१८ मा सम्झौता नवीकरण गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा रातो पहिरन लगाएका कर्मचारीबीच क्वीज कन्टेस्ट प्रतियोगिता गर्नुको साथै पेनाल्टी सूटआउट लगायत विभिन्न कार्यक्रम गरेको थियो ।
उक्त अवसरमा बैकंले बैंक र क्लबबीचको साझेदारी सन् २०२२ र २३ को सिजनसम्म रहिरहने जानकारी दिएको छ ।