May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

१८ राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

१८ राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

माघ ०९, काठमाडौं ।
बिहीबार बिहानदेखि मुलुकका सातै प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ ।
कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि राजनीतिक दलहरु आफ्ना् आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गर्दे छन् ।
निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझ नै पुगिसकेका छन् ।
सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् ।