April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बालबालीकालाई इन्टरनेटको लतबाट छुटाउनै कठिनः पढाइमा नकारात्मक असर गर्दै

बालबालीकालाई इन्टरनेटको लतबाट छुटाउनै कठिनः पढाइमा नकारात्मक असर गर्दै

०९ माघ, २०७६, काठमाडौं ।
भनिन्छ, आजको युग डिजिटल प्रविधिको (इन्टरनेट) युग हो । यसको प्रयोगवाट विश्व नै एक सानो गाँउको रुपमा परिभाषीत भइरहेको छ । यसको तीव्रतर विकास सँगै मानिसले एकछिनमै विश्वका गतिविधिबारे जानकारी पाउन थालेका छन् ।
अहिले इन्टरनेटले साना बालबालीका देखि लिएर वृद्धवृद्धासम्मलाई आकर्षीत गरीरहेको छ । वृद्धवृद्धा भन्दा पनी बढि अहिले स्कुले बालबालीका इन्टरनेटमा झुमिरहेका छन् ।
मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।
बालबालीकाको यस्तो अवस्था बाट विश्व नै अचम्मित देखिएको छ ।
इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।
इन्टरनेटले बालबालिकालाई नयाँ कुरा थाहा पाउन र गृहकार्य गर्न सघाउँछ । तर बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिन नहुने विज्ञहरु बताउँछन् ।
हालै ब्रिटेनको स्वानसी र इटालीका मिलान युनिभर्सिटीहरुले गरेको संयुक्त अध्ययनमा विश्वभरका २८५ स्कुलका विद्यार्थीसँग डिजिटल प्रविधिको उपयोग, पढाइ र रिजल्टका बारेमा जानकारी लिइएको थियो । अध्ययनमा २५ प्रतिशत विद्यार्थीले उनीहरु दिनभर कम्तीमा ४ घन्टा इन्टरनेटमा बिताउने गरेको बताएका थिए जबकि, ७५ प्रतिशतले दैनिक १ देखि ३ घन्टासम्म इन्टरनेटको प्रयोग गर्ने गरेको बताए । जसमा ४० प्रतिशत विद्यार्थी सोसल नेटवर्किङमा रमाउने गरेको र बाँकी विभिन्न जानकारी लिन इन्टरनेटको प्रयोग गर्ने गरेको पाइएको थियो ।
उक्त अध्ययनले डिजिटल प्रविधिमा घन्टौँसम्म झुम्मिने स्कुले केटाकेटीहरुमा प्रायः नैराश्यता तथा एक्लोपना आउने र पढाइमा पनि असर पर्ने गरेको निष्कर्ष निकालेको छ ।

इन्टरनेटको लतमा लागेको विद्यार्थीहरु आफ्नो परिवार र साथीहरुसँग समय बिताउन आनाकानी गर्ने ,जसका कारण उनीहरु आफ्नो आसपासको गतिविधिबाट समेत बेखबर हुने , र समग्र शैक्षिक वातावरण नै डाडोल हुने खालका समस्या देखा पर्न थालेका छन् ।
त्यसैले हाई स्कुल (कक्षा १२) सम्मको पढाइ पूरा नहुन्जेलसम्म इन्टरनेटको लतबाट बचाउन आवश्यक हुन्छ । – एजेन्सी