May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

विश्व कीर्तिमानको उपाधि हुन्डाई कोना इलेक्ट्रिकलाई

विश्व कीर्तिमानको उपाधि हुन्डाई कोना इलेक्ट्रिकलाई

०९ माघ, २०७६, काठमाडौं ।
इलेक्ट्रिक एसयूभी कोनाले गिनिज विश्व कीर्तिमानको प्रतिष्ठित उपाधि हात पारेको छ । ५ हजार ७ सय ३१ मिटरको उचाइमा टिबेटको साउला पाससम्म चलाइएको उक्त इलेक्ट्रिक एसयूभी कोनाले विश्व किर्तिमान राख्न सफल भएको हो ।
कोनाले ५ हजार ७ सय १५ दशमलव २८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रेकर्ड सजिलै तोडेको थियो ।
यस अभियानमा कोना इलेक्ट्रिकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएकोले शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन । कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गर्दा कुनै सम्झौता नगरी न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभी सरह आफ्नो क्षमतालाई प्रर्दशन गरेको थियो ।