माछापुच्छ्रे बैंकले क्यापिटल सञ्चालनका लागि पायो अनुमति

माछापुच्छ्रे बैंकले क्यापिटल सञ्चालनका लागि पायो अनुमति

०९ माघ, २०७६, काठमाण्डौ ।
माछापुच्छ्रे बैंकले क्यापिटल लिमिटेड सञ्चालन गर्न पाउने भएको छ । बैंकलाई आफ्नो पूर्ण स्वामित्वमा रहेको क्यापिटल लिमिटेड सञ्चालनका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।
चुक्तापूँजी २० करोड रहेको क्यापिटलले धितोपत्र व्यवसायी को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा लगायतका काम गर्ने तयारी गरीरहेको छ ।
संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फण्ड, भेन्चर क्यापिटल, लगायतका सेवाहरु प्रदान गर्ने भएको छ ।