April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

निगमका २५ पाइलटले सामुहिक राजिनामा दिएपछि अन्र्तराष्ट्रिय उडानमा समस्या

निगमका २५ पाइलटले सामुहिक राजिनामा दिएपछि अन्र्तराष्ट्रिय उडानमा समस्या

माघ १०, काठमाडौं ।
नेपाल वायुसेवा निगमको दुई दर्जनभन्दा बढी पाइलटले तीन महिने भाकामा सामूहिक राजीनामा दिएका छन् । अन्तर्रा्ष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् ।
व्यवस्थापन र सरकारका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना स्ताई पाइलटले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका छन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन ।
राजीनामा दिनेमा एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन । त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका हुन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिने पाइलटमा अरबिन पहाडी, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् ।
राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राट्रिय उडान अव के हुने भन्नेमा ब्यावस्थापन पुगको छ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको निगमले जनाएको छ ।