May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

देवः विकासका थप दुई शाखा सञ्चालनमा

देवः विकासका थप दुई शाखा सञ्चालनमा

१० माघ, २०७६, काठमाडौं ।
देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिकास्थित रिमझिम बजार र दाङको घोराही उपमहानगरपालिकाको हस्पिटल रोडमा गरी दुईवटा शाखा विस्तार गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष व्रज गुरुङले मंगलवार बाँकेको रिमझिम बजार शाखाको उद्घघाटन गरेका थिए । उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिएका छन् ।
त्यस्त,ै दाङको घोराही उपमहानगरपालिकाको शाखाको बुधवार घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले उद्घघाटनका गरेका थिए ।