मोरङको हरैचामा सनराइज बैंकको शाखारहित सेवा

मोरङको हरैचामा सनराइज बैंकको शाखारहित सेवा

१० माघ, २०७६, काठमाडौं ।
सनराइज बैंकले मोरङको हरैचामा शाखारहित सेवा शुरु गरेको छ ।
बिहीवार आयोजित एक कार्यक्रममा नगरपालिका अध्यक्ष विनोदबहादुर बस्नेत र बैंकका प्रादेशिक कार्यालय प्रमुख विवेक निरौलाले सो सेवाको उद्घघाटन गरेका थिए ।
उक्त सेवाकी प्रतिनिधि ममताकुमारी चौधरीलाई पोइन्ट अफ सेल मेशिन पनि कार्यक्रममै हस्तान्तरण गरिएको थियो ।
सनराइज बैंकले संचालन गरेको उक्त शाखारहित सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत सेवा लिन सकिने बैंकले बताएको छ ।