May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

उखु किसानको रकम भुक्तानी नगर्ने महालक्ष्मी सुगर आएको सम्पर्कमा

उखु किसानको रकम भुक्तानी नगर्ने महालक्ष्मी सुगर आएको सम्पर्कमा

माघ ११, काठमाडौं । उखु किसानको भुक्तानी नदिइ सम्पर्क बाहिर रहेको महालक्ष्मी सुगर मिल सम्पर्कमा आएको छ । कन्चरपुरमा रहेको महालक्ष्मी सुगर मिलले पनि उखु किसानलाई माघ ७ भित्रै सम्पूर्ण भुक्तानी दिने गरी सहमति गरेको थियो । तर, उक्त अवधिभित्र मिल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा थिएन ।
यसअघि मन्त्रालयले सम्पर्कमा नभएका चिनी उद्योगलाइ सम्पर्कमा ल्याइदिन भन्दै गृह मन्त्रालयलाइ पत्राचार गरेको थियो । कन्चनपुरमा रहेको महालक्ष्मी सुगर मिलले उखु किसानलाइ ६ लाख २१ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ भने उक्त मिलले गत बर्षको अनुदान रकम पनि किसानलाइ दिएको छैन् ।
अहिले भने महालक्ष्मी सम्पर्क आएर छिट्टै उखु किसानको भुक्तानी गर्ने बाचा गरेको मन्त्रालयका सहसचिव दिनेशकुमार भट्टराइले बताए ।
उखु किसानहरुको बक्यौता नतिर्ने तीनओटा मिलको खाता र कारोबार रोक्का राख्न मन्त्रालयले पत्र पठाइसकेको भट्टराइले बताए ।