कोरोनाबाट बच्न ६ दिनमा हजार शैयाको अस्पताल निर्माण गर्दे चीन

कोरोनाबाट बच्न ६ दिनमा हजार शैयाको अस्पताल निर्माण गर्दे चीन


माघ १२, काठमाडौं ।
घातक कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम भइरहेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याको हुनेछ । अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ ।
सन् २००३ मा चीनको बेइजिङ शहरमा सार्स भाइरसबाट बच्नको लागि आनन–फाननमा एउटा अस्पताल बनाइएको थियो ।
काउन्सिल अप फरेन रिलेसन्सका ग्लोबल हेल्थ सिनियर फेलो यानजोङ्ग हुआङ्ग भन्छन, ‘ठूलोभन्दा ठूलो परियोजना चाँडोभन्दा चाँडो सक्न चीनले रेकर्ड राख्दै आइरहेको छ ।’
सन् २००३ मा पनि सात दिनभित्र बेइजिङमा अस्पताल बनाइएको उनी सम्झिन्छन् र चीन त्यो रेकर्ड तोड्ने प्रयासमा रहेको उनी बताउँछन् ।
हुआङ्गका अनुसार यो काम समयमै सक्नका लागि पूरै देशको विभिन्न ठाउँबाट इन्जिनियरहरुलाई बोलाइएको छ ।
अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ । जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ । १ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण सुरु भएको थियो । यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधी पसलहरुमा औषधीको अभाव भएको छ ।एजेन्सी