June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अभिनेत्रीले गरिन आत्माहत्या

अभिनेत्रीले गरिन आत्माहत्या

माघ १२, काठमाडौं ।
भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन् । मुम्वई प्रहरीका अनुसार पारिवारिक तनाबले उनले आत्माहत्या गरेको हुनसक्ने बताएको छ ।
सेजलको आत्महत्याको कारण विस्तृतमा नखुले पनि भारतीय केही सञ्चारमाध्यमका अनुसार उनी बावुको बिमारका कारण तनावमा थिइन् । सोही कारण आत्महत्या गरेको हुनसक्ने सेजलका साथीको हवाला दिँदै भारतीय मिडियाले समाचार लेखेका छन् ।
सेजल ‘दिल तो ह्याप्पी है’ सिरियलमा सिम्मी खोस्लाको रुपमा अभिनय गर्थिन् । सेजलकी ‘कोस्टार’ अरु के वर्माले लेखेका छन् ।
सेजलको परिवारले शनिबार यो खबर थाहा पाएको हो । उदइपुरबाट आएकी सेजल २०१७ देखि मुम्बइमा बसेर अभिनयमा करिअर बनाउँदै थिइन् । उक्त सिरियलमा अभिनय गर्नुअघि उनी केही विज्ञापनमा देखिएकी थिइन् । सेजलले वेब सिरिज ‘अजाद परिन्दे’मा पनि काम गरेकी थिइन् ।