April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

“एन्टी हिरो”मा जसिताको जोडी बने अनमोल

“एन्टी हिरो”मा जसिताको जोडी बने अनमोल

१२ माघ, २०७६, काठमाडौं ।
अभिनेता भुवन केसीले निर्माण गर्न लागेको चलचित्र ‘एन्टी हिरो’ छायांकन हुनुभन्दा अघि नै २ करोडभन्दा बढी बजेटमा बिक्री भइसकेको छ । जापानको सूर्य कर्पोरेसनले फिल्मको विदेश राइट्स र बुढासुब्बा डिजिटलले डिजिटल राइट्स किनिसकेका छन् ।
चलचित्र एन्टी हिरोमा अभिनेता अनमोल केसी र नायिकाको रुपमा जसिता गुरुङ अनुबन्धित भएकी छन् ।
विगतका फिल्ममा नवनायिकासँग मात्र काम गर्दै आएका अनमोल यो वर्षबाट फिल्ममा काम गरिसकेकी नायिका जसीतासँग नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् ।
अभिनेत्री जसिता गुरुङले यसअघि प्रदीप खड्कासँग ‘लिली बिली’ र ‘लभ स्टेसन’ दुई सफल चलचित्र अभिनय गरिसकेकीे छन् ।
उनी चलचित्र “एन्टी हिरो”को चरित्रमा उपयुक्त हुने भएकाले निर्माता एवं अभिनेता भुवन केसीले उक्त फिल्मको लागी अभिनेत्री जसितालाई लिएको बताइएको छ ।
उक्त चलचित्रको आगामी वैशाखबाट छायांकन सुरु हुने भएको छ ।
‘एन्टी हिरो’का निर्देशक भारतबाट आउने र चलचित्र आगामी दसैंमा रिलिज गर्ने निर्माता भुवन केसीको भनाइ रहेको छ ।
दुईवटा चलचित्र नायक प्रदिप संग गरेकी जसीताले तेस्रो चलचित्रमा अनमोल केसीसंग काम गर्न पाउँदा उनले खुसी व्यक्त गरेकी छन् । अनमोल केसी भने अहिले झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ को तयारीमा व्यस्त छन् । सो चलचित्रको छायांकन फागुनको तेस्रो साताबाट सुरु हुने भएको छ ।
यसअघि अनमोल चलचित्र ‘ए मेरो हजुर ३’ मा अभिनेत्री सुहाना थापासंग जोडीमा बाधिएका थिए । चलचित्रमा जोडीलाई दर्शकले रुचाउनुका साथै चलचित्र सफल भएपछि अनमोलले सुहानासँग फिल्ममा दोस्रो पटक ‘ए मेरो हजुर ४’ मा काम गर्दै छन् ।