ग्लोबलद्वारा विद्यालयलाइ सामाग्री बितरण
१२ माघ, २०७६, काठमाडौं
ग्लोबल आईएमई बैंकले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा विद्यालयलाइ सामागी्र बितरण गरेको छ । बैंकले हिजो शनिवार जनउद्धार विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेशिन र शैक्षिक सामग्री प्रदान गरेको हो ।
उक्त अवसरमा बैंकले शुक्रवार बैंकको डुम्रे शाखामार्फत तनहँुको भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ साक्षरता गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षक र विद्यार्थी गरी करीब ३०० जनाको सहभागिता थियो ।
साथै बैंकले वित्तीय साक्षरताका लागि साइकल ¥याली आयोजना गरेको थियो । बैंकले साइकल ¥याली संगै वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार सम्बन्धि ¥याली गरेको छ । ¥यालीमा १५० जनाभन्दा बढी सहभागी थिए उक्त प्रचारप्रसारमा नेपाल भ्रमण बर्ष सम्बन्धि विभिन्न सन्देशमूलक कुराहरु प्लेकार्ड सहित प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्